

भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू : पहिलो आदिवासी महिला राष्ट्रपति बन्न सफल



एजेन्सी
भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ ।
सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनुभएको हो ।
मुर्मूले २ हजार ८ सय २४ र सिंहले १ हजार ८ सय ७७ मत पाउनुभयो ।
जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मूले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्नुहुनेछ । उहाँ भारतको पहिलो आदिवासी महिला राष्ट्रपति समेत बन्नुभएको बीबीसी हिन्दीले जनाएको छ । उहाँको जन्म सन् १९५८ को जुन २० मा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा भएको थियो । उहाँ झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्नुहुन्छ ।
उहाँले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गर्नुभएको थियाे । पारिवारिक जीवनमा निकै सङ्कट भोग्नुभएकी मुर्मूले ४ वर्षको अवधिमा श्रीमान् र २ जना छोरा गुमाउनुभएको थियो ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया