

७७ हजारको मेकअप गराएर आमा–छोरी ब्युटी पार्लरबाट फरार भएपछि

एजेन्सी। मेकअप गराएपछि दुई महिला पैसा भुक्तानी नगरीकनै ब्युटी पार्लरबाट फरार भएका छन् । उनीहरुको यस्तो व्यवहारमा ब्युटी पार्लरकी मालिकले प्रहरीमा उजुरी दिएकी छिन् । साथै उनले सोसल मिडियामा ती महिलालाई खोजिदिन अपिल गर्दै एउटा पोस्टसमेत गरेकी छिन् ।
पार्लरकी मालिकको नाम जेड एडम्स हो । २८ वर्षकी एडम्सले दिएको जानकारी अनुसार दुई दिन अघि उनको पसलमा दुई महिला आएका थिए । यी दुईले आफूलाई आमा–छोरीको रुपमा चिनाएका थिए । एडम्सका अनुसार यी दुईले मेकअपका साथै बोटक्स ट्रिटमेन्ट र अन्य महँगा ट्रिटमेन्ट गराएका थिए । तर जब ५१० पाउन्ड ९७७ हजार रुपैयाँ० तिर्नुपर्ने बेला भयो तब यी दुई गायब भए ।
बेलायतमा बस्ने जेड एडम्सले फेसबुकमा एक महिलाको फोटो सेयर गर्दै लेखिन्, ‘कृपया चोरको तस्बिर सेयर गर्नुहोस् । दुर्भाग्यले हिजो मेरो क्लिनिकमा यी महिला र उनकी छोरी ब्युटी ट्रिटमेन्टका लागि आएका थिए । तर भुक्तानी नगरीकनै उनीहरु फरार भए । उनीहरुले गरेको कुराकानीको आधारमा उनीहरु आयरिश मुलका हुन् कि जस्तो लागेको छ ।’
यो घटनाको विषयमा एडम्सले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । उनले दिएको जानकारी अनुसार यी दुई महिलाले ट्रिटमेन्ट ९बटक्स र लिप फिलर० का लागि क्लिनिकमा बुकिङ गराएका थिए, त्यसपछि मेकअप आदि गराए । जब पैसा दिने पालो आयो तब यी दुई बहाना बनाएर बाहिर गए र त्यसपछि फर्केर आएनन् ।
यसरी भए फरारः
एडम्सका अनुसार पहिला एकजना महिलाले आफ्नो ट्रिटमेन्ट गराइन् र वेटिङ रुममा बसिन् । जब अर्की महिलाले पनि ट्रिटमेन्ट गराइन् तब उनले भुक्तानीका लागि अर्की महिलालाई वेटिङ रुममा गइन् । तर केही बेरमा नै त्यहाँबाट दुबै गायब भए । उनीहरुले त्यहाँ एउटा कोट छोडेका थिए । मानिसहरुमा उनीहरु फर्किन्छन् भन्ने भ्रम पैदा गर्न यसो गरेका थिए ।
मेट्रो युकेको रिपोर्ट अनुसार एडम्सले पछिल्लो १८ महिनादेखि क्लिनिक चलाइरहेको तर यस्ता ग्राहक कहिल्यै नदेखेको बताइन् । एडम्सले आफूलाई धोका दिने महिलालाई पक्राउ गर्नका लागि प्रहरीसँग मद्दत मागेकी छिन् ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट








प्रतिक्रिया