

अमेरिकाले युक्रेनलाई लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्र दिने घोषणा गरेपछि पुटिनले दिए यस्तो चेतावनी

एजेन्सी
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने चेतावनी दिएका छन् । पश्चिमा देशहरूले किएभमा लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्रहरू दिने घोषणा गरेपछि पुटिनले उक्त चेतावनी दिएका हुन् ।
युक्रेनलाई लामो दुरीमा प्रक्षेपण गर्न मिल्ने हतियार दिने तयारीमा रहेको अमेरिकालाई पनि पुटिनले चेतावनी दिएका छन् । आइतवार यस्तो भएमा युद्ध थप लम्बिने चेतावनी पुटिनले दिएको रुसी सञ्चारमाध्यमले जनाएको सिएनएनमा उल्लेख छ।
रुसी सेनाको विस्फोटका कारण राजधानी किभका विभिन्न भागमा आइतबार ठूलो क्षति भइरहेका बेला पुटिनको चेतावनी आएको हो । पुटिनले भनेका छन्– ‘किभमा नयाँ हतियार पठाउनु भनेको सशस्त्र युद्धलाई जति सकिन्छ पर धकेल्न हो ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफ्नो सुरक्षा गर्न अत्याधुनिक रकेट प्रणाली नै दिने घोषणा गरेका थिए । अमेरिकाले एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली एचआईएमएआरएस पठाउने घोषणा गरेको थियो ।
बाइडेनले उक्त रकेट रसियाभित्र आक्रमण नगर्ने शर्तमामात्रै युक्रेनलाई दिइने बताएका थिए । उनले कतिवटा रकेट दिने भन्नेबारेमा भने केही बताएका छैनन् ।
लङ रेन्जका मिसाइल किभ पठाएमा यसको उचित निष्कर्ष निकालिनेसमेत पुटिनले बताएका छन् । ‘यदि उनीहरुले पठाएमा, हामी यसबारे उचित निष्कर्ष निकाल्नेछौ। हामी आफ्नै हतियार प्रयोग गर्नेछौ जुन हामीसँग प्रशस्त नै छ, जुन हामीले अझै प्रयोगमा ल्याएका छैनौं’, पुटिनले चेतावनी दिए ।
रूसले मार्चको अन्त्यमा किभ क्षेत्रबाट फिर्ता गरेपछि दोनबासमा आफ्नो सैन्य प्रयासहरू पुनः केन्द्रित गरेको छ । रूसले त्यहाँ स्थल मार्गमा ढिलो तर स्थिर प्रगति गरिरहेको बेला धेरै देशहरूले किभलाई अत्याधुनिक हतियार पठाउने वाचा गरेका छन् ।
रुसले युक्रेनमा युद्ध थालेको १०३ दिन पुरा भइसकेको छ। यो अवधिमा धेरै युक्रेनीले देश छाडिसकेका छन्।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया