बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ एमाले, सरकार परिवर्तनको चक्करमा छैन : महासचिव पोखरेल

काठमाडौं

 नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले सरकार परिवर्तनको खेलमा नरहेको स्पष्ट पारेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालले आफूलाई प्रधानमन्त्रीको कार्ड फालिएको भन्दै अभिव्यक्ति दिइरहँदा महासचिव पोखरेलले आफूहरु सरकार परिवर्तनको पक्षमा नरहेको बताएका हुन् ।

उनले सामाजिक संजाल फेशबुकमा भनेका छन्, ‘यतिबेला एमाले सरकार परिवर्तनको खेलमा छैन।’
उनले एमाले विकास र समृद्धिका लागि वलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदै गरेको पनि स्पष्ट पारेका छन् ।

‘एमाले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ,’ उनले स्टाटसमा थप भनेका छन् ।

प्रतिक्रिया

खबर सबै