

युद्धकैबीच युक्रेनमा दुई सैनिकले सैन्य पोसाकमै विवाह गरे

एजेन्सी
युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका हुन् । रुसको आक्रमणपछि युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् ।
दिनहुँ रुसको बमबारीले युक्रेनको राजधानी किएभ भताभुङ्ग भएको छ । युक्रेनी सेना रुसको सेना विरुद्ध लडिरहेका छन् । तर, यहीबीचमा किएभ नजिकैको क्षेत्रमा क्षेत्रीय रक्षा बलका दुई सैनिकले विवाह गरेका हुन् । बम पड्केको आवाजकाबीच विवाह सम्पन्न भएको छ । सामान्यतया अरु बेला हुने विवाह उत्सवभन्दा विल्कुलै फरक अवस्था र परिस्थितिमा विवाह सम्पन्न भएको छ।
युद्धका कारण गर या मरको अवस्थामा उनीहरुले विवाहको निर्णय लिनुलाई आश्चर्य समेत मानिएको छ । लिसया फिलिमोनोभा र भलेरी फिलिमोनोभ वलेरीले सानो जमघटमा विवाह गरेका हुन् । यो विवाह उत्सवले उनीहरु र उनीहरुको साथीलाई केहीबेर भए पनि खुशी मिलेको खबरमा भनिएको छ । उनीहरुका साथीले अप्ठ्याराेकाबीच पनि बजागाजा बजाएर रौनक बढाएका थिए।
सेनाका विवाह गर्ने जोडी नै रुस विरुद्ध युद्धमा छन् । उनीहरुले युनिफर्म लगाएर नै विवाह गरे । विवाहपछि नव दुलहा र दुलही फेरि पनि रुस विरुद्धको युद्धमा जुटेका छन् । ११ दिनसम्मको युद्धलै त्रासमा रहेका त्यहाँका नागरिकलाई विवाहको यो खबरले केही खुशी दिएको छ।
यो अवसरमा युक्रेनको सशस्त्र सेनाका जवान र किएभका मेयर समेत उपस्थित रहेका बीबीसीले जनाएको छ ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया