

तनाव कम गर्न रूसले युक्रेन सीमाबाट फौजलाई पछि हटाउनुपर्छ : बेलायत

एजेन्सी
रुस र पश्चिमा देशबीचको तनाव कम गर्न रुसले युक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले जनाएको छ ।
बेलायती विदेशमन्त्री लिज ट्रुस मस्कोमा भएको एक कार्यक्रममा युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू खतरनाक सुरक्षा चासोको विषय बनेको प्रतिक्रिया दिनुभएको हो ।
विदेशमन्त्री ट्रुसले युरोपेली सुरक्षा र युक्रेनको तनावबारे मस्को र पश्चिमा देशका अधिकारीबीच हप्तौँको गहन वार्ताको पछिल्लो समयमा रूसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेट गर्नुभएको हो ।
मस्कोमा भएको वार्तापछि ट्रुसले लाभरोभसँगको छलफलले सकारात्मक सन्देश दिएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
रूसले आफ्नो पूर्व सोभियतकालीन भूभागमा रहेको छिमेकी युक्रेन वरिपरि एक लाख सेना तैनाथ गरेपछि युक्रेनमा द्वन्द्व चर्काउने तयारी भइरहेको टिप्पणी हुँदै आएको छ । तर रुसले यसको खण्डन गरिरहेको छ।
युक्रेनको सीमामा रहेको रूसी र बेलारूसी फौजबीच ठूलो सैन्य अभ्यास सुरु हुँदा विदेश मन्त्रीहरूबीच भेट भएको हो ।
तस्बिर : द मस्काे टाइम्स


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया