

आतङ्क सिर्जना नगर्न पश्चिमा देशलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको आग्रह

एजेन्सी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आतङ्क सिर्जना नगर्न पश्चिमा देशलाई आग्रह गर्नुभएको छ ।
पछिल्ला घटनाक्रम र बढ्दो तनावले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको राष्ट्रपति जेलेन्स्कीले बताउनु भएकाे बीबीसीले जनाएको छ ।
यसैबीच अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनलाई लिएर रुससँगको द्वन्द्व अहिलेसम्म टार्नै नसक्ने अवस्थामा पुगिनसकेको बताउनुभएको छ ।
युक्रेनी सीमामा दशौँ हजार रूसी सेनाको उपस्थितिलाई अमेरिकाले धेरै गम्भीरताका साथ लिइरहेको तर अझै पनि कुटनीतिक पहलबाट समाधान गर्न सकिने उहाँको भनाइ छ । ‘कुटनीतिक पहलका लागि अझै समय र ठाउँ छ । अमेरिकाले हाम्रा सहयोगी र साझेदारसँग रुसलाई सङ्कटबाट टाढा र थप सुरक्षातर्फको बाटो प्रस्ताव गरेको छ’ उहाँले भन्नुभएको छ ।
कुनै पनि रुसी आक्रमणले युक्रेनमा थप द्वन्द्व मात्र निम्त्याउने छैन, यसले राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र आत्मनिर्णयको आधारभूत सिद्धान्त पनि उल्लङ्घन गर्ने अस्टिनले बताउनुभएको सीएनएनले जनाएको छ । युक्रेनको विषयलाई लिएर तनाव बढ्दै जाँदा रुसले पनि द्वन्द्व नचाहेको बताउँदै आएको छ ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया