

मत परिणाम जस्तो आएपनि पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्छु : शेखर कोइराला



काठमाडौं
नेपाली कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले दोश्रो चरणको निर्वाचनको मत परिणाम जस्तो आएपनि पार्टीलाई एकताबद्ध बनाउन आफूले भूमिका खेल्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीभित्र बृहत्तर एकताका लागि सधैँ प्रयास गर्ने बताए । उनले गुट–उपगुट बिर्सेर विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान पनि गरे ।
कोइरालाले जुनसुकै परिणाम आएपनि सहर्ष स्वीकार्ने धारणा राखे । कोइरालाले आफूले रुपान्तरण र पुनर्जागरणको कुरा गरेर आएको भन्दै देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चित गर्न सम्पूर्ण जीवन व्यतित गर्ने उल्लेख गरे ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया