रुकुम पश्चिममा जन्ति बोकेको बस दुर्घटना

रुकुम। रुकुम पश्चिममा जन्ति बोकेको बस दुर्घटना भएको छ। बाँफिकोट गाउँपालिका २ पिपलमाबाट मुसिकोट नगरपालिका-१ घिमानेतर्फ आउँदै गरेको रा १ ख २१०९ नम्बरको बस मुसिकोट-२ रातामाटा नजिकै दुर्घटना भएको हो। दुर्घटनामा २९ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको रुकुमपश्चिमका डीएसपी डकेन्द्र शर्माले जनाए।

राती सवा ८ बजेतिर बस दुर्घटनामा परेको हो। कच्ची बाटामा पानी परेका कारण चिप्लीएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया

खबर सबै