कम्युनिस्ट आन्दोलन जोगाउनका लागि विद्रोह गरिएको हो : मेटमणी चौधरी

कपिलवस्तु ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विद्रोहपछि निर्माण भएको पार्टी भएको पार्टीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीे दावी गरेका छन । कपिलवस्तु पार्टीको दोस्रो पूर्ण वैठकमा वोल्दै नेता मेटमणि चौधरीले वाहिर एकीकृत समाजवादी पार्टीको जसरी एमालेवाट फुटेर वनेको पार्टी भन्ने हल्ला र केपी वलीले एमालेवाट चोईटिएको सानो टुक्रा भनेजस्तो नभएर विद्रोह गरेपछि पार्टी निर्माण भएको वताए
पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका नेता चौधरीले कम्युनिस्ट आन्दोलन जोगाउनका लागि विद्रोह गरेर पार्टी निर्माण भएको उनको भनाई रहेको छ । माधव नेपाल लगायत हामीहरुले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टी नै नरहने अवस्था तयार भएको थियो उनले भनेञकेपी वलीले दलाल र पुजीवादीहरुसगँ मिलेर कम्युनिस्ट आन्दोलन समाप्तिको खेलमा लागेका थिए ।
उनले विद्रोह गरेर निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नेपालमा भएका सवै कम्युनिस्ट पार्टिहरुका विचमा एकता गरेर ठुलो पार्टी वन्ने आधार तयार भएको वताए । अहिले सुर्य चिन्ह पाएको केपी वली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न वाँकि रहेको उनको भनाई थियो ।

प्रतिक्रिया

खबर सबै