बुटवलको नयाँगाउँमा भएको आगलागीमा ५० लाखको क्षति

बुटवल ।
बुटवलको नयाँगाउँमा घरमा लागलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । सोमबार साँझ बुटवल उपमहानगरपालिका–१२ को भित्री सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट घरमा आगो सल्केको थियो।

आगलागीबाट करिब ५० लाख बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डिएसपी) ठगबहादुर केसीले बताए । आगलागीबाट स्थानीय गोपाल पाण्डेको घर पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा आशिंक क्षति भएको केसीले बताए ।

आगो बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकोे दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रण लिइएको थियो ।

रुपन्देहीको नयाँगाउँमा आगलागी ((भिडियाे)

प्रतिक्रिया

खबर सबै