

सुडानमा सैनिक कू, सेनाको गोली लागेर कम्तीमा सात प्रदर्शनकारीको मृत्यु

एजेन्सी
सुडानमा ‘सैनिक कू’ को विरोधमा भएको प्रदर्शनमा कम्तीमा सातजनाको ज्यान गएको छ । सेनाले सत्ता हत्याएपछि भएको प्रदर्शनमा करिब १४० जना घाइते भएका छन् ।
सत्ता कब्जाको विरोधमा प्रदर्शन गरेकाहरुको भीडमा सैनिकले गोली प्रहार गरेका हुन् । सेनाले सोमबार सरकार भंग गरी शक्ति आफ्नो हातमा लिएको हो । राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी सेनाले सोमबार सुडानमा आपतकालीन अवस्था घोषित गरेको छ ।
राजधानीमा सैनिकहरु सर्वसाधारणका घरघरमा गएर विरोध प्रदर्शन आयोजना गर्नेहरुलाई पक्राउ गरिरहेको स्थानीय स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सेनाले गरेको सत्ता कब्जाको विश्वभरबाट विरोध भइरहेको छ । अमेरिकाले सात सय मिलियन डलर बराबरको सहयोग रोक्ने बताएको छ ।
राजनीतिक अस्थिरताका कारण आफूहरुले सत्ता कब्जा गर्नु परेको कू का नेता सैनिक जनरल अब्देल फातक बुर्हानले दाबी गरेका छन् ।
दुई वर्षपहिले लामो समयदेखिका शासक ओमर अल–बाशिर सत्ताबाट हटाइए यता सेना र सरकारबिच तनाव रहँदै आएको थियो ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया