



एमाले बुद्धभूमि वडा नं. ५ को अध्यक्षमा क्षेत्री चयन

नेकपा एमालेको वडा अधिवेशन अन्र्तगत बुद्धभूमि नगरपालिका वडा नं. ५ को वडा कमिटि अध्यक्षमा रोम बहादुर थापा क्षेत्री सर्वसहमत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनमा थापाको अध्यक्षतामा ३१ जनाको वडा कमिटि गठन गरिएको हो । त्यस्तै उपाध्यक्षमा नुर मोहम्म गद्धी, सचिवमा सुर्य बहादुर मल्ल तथा उपसचिवमा श्याम लाल कुर्मी र र सुमन लोहार चयन हुनुभएको छ । वडा कमिटि सदस्यहरुमा नर बहादुर अधिकारी, ज्वाला यादव, कैलाश कुर्मी, जमिर मुसलमान, यार मोहम्मद मुसलमान, शिव रालाम थारु, पोम बहादुर कामी, विर भवन थारु, जगदिस नाउँ, दुर्गा प्रसाद भूसाल, ईश्वरी सुवेदी, तिलक राम यादव, अकरम अलि फकिर, धन कुमारी कुवँर, बासुदेव अहिर, ईन्द्रजीत कुर्मी, रामदास जयसवाल, राजकुमार गुप्ता, लैश मोहम्मद चौधरी, सुस्तफा गद्धी, सावित्रा थापा गिरी, गिर बहादुर थापा क्षेत्री, जमाख मोहम्मद गद्धि, जम्शेर गद्धी, पशुपति थारु र सोम प्रसाद कुर्मी रहनुभएको छ । यसैबीच वडा कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराईएको छ । प्रमुख अतिथि मिनराज बेल्वासेले वडा कमिटिका सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको हो । प्रमुख अतिथि बेल्वासेले वडा कमिटिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिदैं सफल कार्यकालका लागी शुभकामना दिनुभएको छ । यता वडा नं. ५ को वडा कमिटि अध्यक्षमा आफुलाई सर्वसहमत चयन गरेकोमा अध्यक्ष थापाले सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएको छ । अध्यक्ष थापाले पार्टीको मुल मर्मलाई आत्मासाथ गर्दै थप उत्साह र जोसका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । एमाले आम नागरिकको साथी भएको भन्दै पार्टीलाई अझ बजबुत गराउन आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहने उहाँको भनाई छ । कार्यक्रमको संचालन पदम बहादुर क्षेत्रीले गर्नुभएको थियो ।


खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन












प्रतिक्रिया