

नेकपा (एस) निकट युवा संघ नेपाल कपिलवस्तुको अध्यक्षमा कृष्ण कार्की



कपिलवस्तु
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल कपिलवस्तुको अध्यक्षमा कृष्ण कार्की चयन हुनुभएको छ । जिल्लाको वाणगंगा नगरपालिकाको पिस हिमालय रिसोटमा भएको जिल्ला कमिटी घोषणा तथा अगुवा कार्यकर्ता भेलाबाट कार्कीको अध्यक्षतामा ५७ सदस्यिय जिल्ला कमिटी घोषणा भएको हो ।
संघको जिल्ला उपाध्यक्षमा सइजाद आलम खान, जीवन अधिकारी, सचिवमा राजु आचार्य, सहसचिवमा प्रमोद ज्ञवाली, कोषाध्यक्षमा सुशील भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ ।
जिल्ला कमिटी घोषणासभामा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाही, नेकपा (एस) का लुम्बिनी प्रदेश कमिटीका सदस्य क्षेत्र बहादुर खत्री, अहमद अब्दुल रउफ, युवा संघ नेपालका केन्द्रीयउप महासचिव सरिता श्रीस, अनेरास्ववियूका केन्द्रीय सचिव सुशील पौडेल, युवा संघ नेपालका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष किशोर थापा, सचिव चन्द्रकान्त न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया