

नेकपाकाे केन्द्रीय कमिटी बैठक तनहुँमा सुरु



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको बन्दीपुरमा शुरु भएको छ । खुला राजनीतिमा आएपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक बसेको पहिलोपटक हो ।
बन्दीपुरको एक होटलमा आयोजित बैठक असोज ५ गतेसम्म चल्ने छ । तत्कालीन माओवादीबाट अलग भएर भूमिगत गतिविधि गर्दै आएको विप्लव समूह र केपी शर्मा ओली नेतृत्वको सरकारबीच गत फागुन २१ गते तीन बुँदे सहमति भएको थियो । सो सहमतिसँगै सो समूहमाथि प्रतिबन्ध फुकुवा भएको थियो । खुल्ला राजनीतिमा आएपछि पहिलो पटक बसेको यो बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा पार्टीको आगामी कार्यदिशा, राजनीतिक एजेन्डा,रणनीति लगायतका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया