एमालेको नाराबाजीकै बीच संसदमा बजेटमाथि छलफल शुरु

काठमाडौं

प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अघि बढाएका छन् ।

बैठक शुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले वेल घेरे पनि रोष्ट्रममा नै रहेका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलपल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । अहिले संसदमा एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् भने बजेट छलफल पनि अघि बढेको छ ।

प्रतिक्रिया

खबर सबै