एमालेको दोश्रो पुस्ता ओलीका दास हुन् : बलदेव

कपिलवस्तु

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एंव लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले नेकपा विभाजन अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुको स्वार्थमा भएको बताउनुभएको छ । कम्यूनिष्ट पार्टीहरु एक हुनुपर्ने आवश्यक्ता र चाहना देश, जनता र कार्यकर्ताहरुमा रहदा रहदै पनि अदालतको सेटिङबाट पार्टि विभाजन हुन पुगेको उहाले जिकिर गर्नुभयो ।

ओलीको तानाशाही बिचमा पनि क्रान्तिकारी धारले शशक्त प्रतिकार गर्दै पार्टी फुटबाट रोक्दै आएको तर ओली स्वयंको चाहना र विदेशी शक्तिको स्वार्थ मिलेकै कारण अदालतबाटै पार्टी फुटाइएको बलदेवले दाबी गर्नुभयो । प्रेस संगठन नेपाल कपिलवस्तु जिल्ला भेलालाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज बलदेवले पार्टी विभाजन पछि माओवादी केन्द्र थप शक्तिशाली बनेको र केहि अवसरवादी र पार्टी ध्वस्त पार्ने धमिराहरु उतै टासिएको टिप्पणी गर्नुभयो । उहाले संविधानमा उल्लेख गरिएको समाजवाद तर्फ माओवादीले कांग्रेस, जसपा, नेकपा (एस) लगायतलाई डोरयाएर लाने समेत ठोकुवा गर्नुभयो ।

बलदेवले केपी ओली प्रतिगमनको मतियार भएकै कारण एमाले विभाजनको चरणमा पुगेको बताउदै आज ओली नेतृत्वको एमाले दासहरुको जमात भएको आरोप लगाउनुभयो । “नेकपा एक हुदा र फुटदा र अहिले फेरी पनि एमाले फुटदा जुन दोश्रो पुस्ता भनिएका छन ति सबै ओलीका दास हुन्” उहाले भन्नुभयो । अलिकति पनि विरोध गर्ने, प्रतिकार गर्ने र गलतलाई गलत भन्ने सम्म आट छैन, सत्य बोल्न डराउने दोश्रो पुस्ताको तानाशाही ओली प्रवृत्तीका पुच्छर भएरै माखा धपाउने बाहेकको काम नहुने नेता बलदेवको टिप्पणी छ ।

फरक प्रसंगमा स्थायी कमिटि सदस्य बलदेवले प्रेस संगठनका पत्रकारहरुले पार्टीका नेतृत्वमा बढदै गरेको गलत प्रवृत्तीको खुलेर विरोध गर्न आग्रह गर्नुभएको छ । “आखा चिम्लेर सर्मथन गर्नु आवश्यक छैन, गलत छ लेखिदिने, सुधारको लागि औल्याउने बल्ल पार्टी ठिक ढंगबाट हिड्छ” उहाले भन्नुभयो ।

 

प्रतिक्रिया

खबर सबै