

एकीकृत समाजवादी कृष्णनगरको संयोजकमा इंतेखाब अहमद खां



कृष्णानगर
नेकपा (एकीकृत समाजवादी) कृष्णनगर नगर सम्मेलन आयोजक कमिटीको अध्यक्षमा इन्तेखाव अहमद खां निर्बिरोध चयन हुनुभएको छ ।
बुधबार कृष्णनगर नगरपालिकामा भएको नगर भेलाले खां को संयोजकत्वमा ५५ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।
नगर सम्मेलन आयोजक कमिटी घोषणा गर्दै एकीकृत समाजवादीकी नेतृ गीता अञ्जालले कपिलवस्तुमा एकीकृत समाजवादीलाई बलियो बनाउनका लागि अभियान थालनी भएको भन्दै यसको सुरुवात कृष्णनगरबाट सुरु भएको बताउनुभयो ।
कृष्णनगरको बिकास सोचेजस्तो नभएको भन्दै अब एकीकृत समाजवादीले त्यसको नेतृत्व गर्न तयार रहेको बताउनुभयो । त्यसको लागि आम जनताको मन जित्ने गरि काम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
उक्त अबसरमा विभिन्न पार्टी परित्याग गरि झण्डै १ सय बढी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
भेलामा अनेरास्ववियुका कपिलवस्तुका संयोजक दिपक अनुरागी, इकरार अहमद खां, फजल महमूद खां, वकील अहमद खां, राजकुमार यादव , रफिक अहमद खां,कैफ आलम खां, अमित मिश्रा,कादिर खां लगायतले मन्तब्य राख्नु भएको थियो ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया