

५० अंक घट्यो नेप्से



काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार करिब ५० अंक घटेको छ । यसँगै समग्र नेप्से परिसूचक ३ हजार ४४.८६ बिन्दुमा ओर्लेको छ ।
अघिल्लो दिनको तुलनामा यो करिब १.५९ प्रतिशत कम हो । यो दिन वित्त कम्पनीबाहेक कारोबारमा रहेका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको थियो ।
कारोबार सुरु हुँदा आइतबार नेप्से ३ हजार १ सय ५.७५ अंकमा थियो । त्यसपछि केही बढेर ३ हजार १ सय १६.४८ अंकमा पुगेको थियो । त्यो वृद्धि टिकेन । अन्त्यमा ४९.१८ अंकले नेप्से ऋणात्मक भयो ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया