

रोचक प्रसंग : यसरी तोडेका थिए श्रीकृष्णले अर्जुनको घमण्ड



द्वापर युगमा अर्जुनलाई आफू श्रीकृष्णको परमभक्त भएको घमण्ड चढ्छ । त्यो थाहा पाएपछि अर्जुनको अहंकार तोड्नका लागि श्रीकृष्णले सँगै घुमाउन लग्नुहुन्छ ।
घुम्दै गर्दा एक सुकेको घाँस खाइरहेको एक गरीब ब्राह्मणमा नजर पुग्छ । उनको कम्मरमा तरवार झुण्डिरहेको हुन्छ ।
गरीब ब्राह्मण जवाफ दिन्छन्, ‘म केही मानिसलाई दण्ड दिन चाहन्छु ।’
अर्जुनलाई आश्चर्य लाग्छ र सोध्छन्, ‘तपाईंका शत्रु को हुन् ?’
ब्राह्मण भन्छन्, ‘म चारजनालाई खोजिरहेको छु । पहिलो त म नारदलाई भेट्न चाहन्छु । उनी मेरा प्रभुलाई भजन कीर्तन गरेर सुत्नै दिँदैनन् । दोस्रो, म द्रौपदीप्रति क्रोधित छु । प्रभु खान बस्नै लाग्दा उनले पुकारिन् । प्रभुले
भोजन छोडेर पाण्डवहरूलाई दुर्वासा ऋषिको सरापबाट बचाउन जानुपर्यो । अनि उनले प्रभुलाई जुठो खाना खुवाइन् ।’
अर्जुनले सोधे, ‘अनि तेस्रा शत्रु को हुन् ?’
‘उनी हुन् हृदयहीन प्रह्लाद । उनले मेरा प्रभुलाई खम्बाबाट प्रकट हुन बाध्य बनाए ।’
‘चौथा शत्रु हुन् अर्जुन । उनले भगवानलाई युद्धमा आफ्नो सारथि बनाए । भगवानको असुविधालाई उनले ध्यान दिएनन् । प्रभुलाई कति कष्ट भयो होला ?’
यति भन्दै गर्दा गरीब ब्राह्मणको आँखाबाट आँसु निस्कियो ।
यो सब सुनेपछि अर्जुनको अहंकार चकनाचुर हुन्छ ।
उनले श्रीकृष्णतर्फ फर्केर भने, ‘म नै तपाईंको परमभक्त हुँ भन्ने घमण्ड थियो । तर संसारमा तपाईंका अनन्य भक्तहरू थुप्रै छन् । म त केही पनि होइन रहेछु ।’


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया