

के हो ईमेल सुरक्षा ? यस्ता छन् जान्नैपर्ने १५ टिप्स




काठमाडाैं । इन्टरनेटको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर सुरक्षासँग सम्बन्धित घटना पनि बढेका छन् । विभिन्न माध्यममार्फत हुने साइबर हमलाका घटनाले व्यक्तिगत तथा संस्थागत रुपमा ठूलाे हानी पुर्याइरहेकाे हुन्छ ।
साइबर हमलामा फिशिङ, स्निफिङ, फार्मिङ जस्ता विषय हामीले सुन्दै आएका छाैं । त्यसेमध्ये ईमेल फिशिङका घटना सबैभन्दा बढी फैलिएकाे छ ।
ईमेल सुरक्षा के हो ?
ईमेल कम्युनिकेशन, ईमेलमा अनाधिकृत पहुँच, ईमेल डेटा लस, ईमेलमा प्राप्त हुने स्पाम म्यासेज, फिसिङ म्यासेज आदिलाई रोक्नका लागि वा आफ्नो ईमेल खातामा अनावश्यक वा थ्रेट म्यासेजहरुलाई आउनबाट रोक्न अपनाइने विभिन्न सुरक्षाका विधि तथा उपायहरु नै ईमेल सुरक्षा हो ।
साइबर अपराधीले मालवेयर, स्पाम र फिशिङ आक्रमणका लागि ईमेललाई एक सजिलाे माध्यमको रुपमा प्रयोग गर्ने गर्छन । ईमेलमा भ्रामक सन्देशहरु पठाई, अट्याचमेन्ट खोल्न लगाई वा लिंकमा क्लिक गर्न लगाई प्रयोगकर्ताको उपकरणमा मालवेयर इन्स्टल गर्ने गर्दछन् ।
तत्पश्चात प्रयोगकर्ताको क्रियाकलापलाई अनुगमन गर्ने, व्यक्तिको वित्तीय विवरण चोर्ने, कम्पनीको गोप्य तथा संवेदनशील विवरण सार्वजनिक गरिदिने जस्ता अपराधिक क्रियाकलापहरु गर्छन् ।
तसर्थ ईमेल सुरक्षा व्यक्तिगत र व्यापारिक ईमेल खाताहरु दुवैका लागि नै आवश्यक हुन्छ ।
प्राप्त ईमेल असुरक्षित ईमेल (Unsecure Email) हो वा होइन कसरी छुट्टाउने ?
ईमेल मेसेजमा निम्न बमोजिमको संकेत देखिएमा असुरक्षित ईमेल हुन सक्छ ।
१. अपरिचित व्यक्तिबाट आएको अस्वभाविक किसिमको ईमेल भएमा ।
२. प्राइज, भिसा, लट्री जस्ता लोभ्याउने खालका कन्टेन्ट भएको ईमेल भएमा ।
३. अस्वाभाविक किसिमको लिंक तथा अट्याचमेन्ट पठाइएको ईमेल भएमा ।
४. आकर्षक विज्ञापन भएको ईमेल भएमा ।
५. आफूसँग असम्बन्धित मान्छेको ईमेल प्राप्त भएमा ।
६. अनट्रस्ट डाेमेन जस्तै…@afhdo3e.com देखिएमा ।
यसरी प्राप्त ईमेल असुरक्षित हो वा होइन भन्ने जानकारी प्राप्त गरेसँगै अब त्यस्ता ईमेलबाट सुरक्षित कसरी रहने भन्ने विषय हामी सिकाउँदै छाैं ।
ईमेल कसरी सुरक्षित बनाउने ?
१. ईमेल सुरक्षाका लागि ईमेल सर्भिस प्रोभाइडरले प्रदान गरेको सेक्युरिटी फिचरलाई इनेबल गरौं ।
२. अनलाइन रजिस्ट्रेशन गर्दा बिजनेस वा आफ्नो महत्वपूर्ण ईमेलको प्रयोग नगरौं ।
३. सकभर व्यक्तिगत ईमेल सार्वजिनक नगरौं । भिन्न भिन्न उदेश्यका लागि फरक-फरक ईमेलको प्रयोग गरौं । साथै सामाजिक सञ्जालमा राखिएको ईमेल लगायतका व्यक्तिगत विवरणलाई प्राइभेट गरेर राखौं ।
४. शंकास्पद देखिने ईमेलबाट फिशिङ/माल्वयर/सोसल इन्जिनियरिङ लगायतका सुरक्षा जोखिम हुन सक्ने भएकाले त्यस्ता शंकास्पद ईमेल, स्पाम/जंक ईमेललाई नखोलौं । साथै उक्त ईमेलको रिप्लाइ नगरौं ।
५. अनावश्यक ईमेल आएमा त्यस्तो ईमेललाई स्पाम वा जंकमा जाने वा ब्लक गर्ने गरी कनफिगर/सेटिङ गराैं ।
६. अनावश्यक वेबसाइटमा सब्सक्राइभ नगराैं । यदि सब्सक्राइब गरेको भए उक्त वेबसाइटबाट प्राप्त ईमेलमा दिईएको अनसब्सक्राइभ लिंकमार्फत अनसब्सक्राइभ गरौं ।
७. ईमेल सुरक्षाका लागि स्पाम फिल्टर तथा एन्टिभाइरसको प्रयोग गरौं ।
८. सार्वजिनक स्थानमा राखिएको कम्प्युटरबाट ईमेल लगइन गर्दा उक्त कम्प्युटरमा भएको किलगरको प्रयोग गरी युजरनेम तथा पासवर्ड चोरी हुन सक्ने भएकाले त्यस्ता कम्प्युटरबाट सकेसम्म लगइन नगरौं । यदि गरेको भए पनि आफ्नो व्यक्तिगत कम्युटरबाट पासवर्ड यथाशीघ्र पासवर्ड परिवर्तन गरौं ।
९. शंकास्पद ईमेलको लिंक तथा अट्याचमेन्टलाई क्लिक नगराैं ।
१०. आफ्नो ईमेलमा बलियो पासवर्ड राखौं र समय समयमा पासवर्ड परिवर्तन गरौं । साथै ईमेल रिकभरीका लागि मल्टिफ्याक्टरको समेत प्रयोग गरौं ।
११. बिजनेश ईमेल वा आफ्नो महत्वपूर्ण ईमेल पब्लिक वाईफाईबाट नखोलौं ।
१२. Remotely कम्पनीको ईमेल खोल्दा भीपीएनको प्रयोग गरौ |
१३. सुरक्षित ईमेल प्राप्त गर्नका लागि SSL/TLS/PGP/GPG encryption Solution को प्रयोग गरौं ।
१४. कम्पनी/संस्थाको लागि सेक्याेर ईमेल गेटवेको प्रयोग गरौं ।
१५. ईमेल सेक्युरिटी पोलिसी तर्जुमा गरी त्यसकाे कार्यान्वयन गरौ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया