
मेवा : औषधिय गुणले भरिपूर्ण

मेवा तराई र भित्री मधेसमा सजिलै उपलब्ध हुने फल हो। यो फल औषधिय गुणले भरिपूर्ण हुन्छ। त्यसो त, मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ। प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ। यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ। मेवामा पर्याप्त मात्रामा क्यारोटेन नामको तत्व हुन्छ, जसले शरीरमा भिटामिन ए बनाँउछ।
यसमा पोटासियम पनि पर्याप्त मात्रामा हुन्छ। साथै भोजन पचाउन चाहिने विभिन्न तत्व हुन्छन्। काँचो मेवा खानाले कब्जियतबाट छुट्कारा दिलाउँछ। पाकेको मेवा कलेजोको विभिन्न समस्या समाधानका लागि लाभदायक हुन्छ। झाडापाखाला लागेमा बेलामा पाकेको मेवाको सेवनले पाखाला बिस्तारै कम हुन्छ। कब्जियतमा पाकेको मेवाको २० देखि २५ वटा बीउ १० देखि १५ दिनसम्म दिनको २ पटक खाँदा कब्जियत हट्छ। मेवाको पातलाई आगोमा तताएर दुखेको ठाँउमा राख्दा दुखाई कम हुन्छ।
मेवा रक्तअल्पता अर्थात् शरिरमा रगतको मात्रा कम हुँदा पनि प्रयोग गर्न सकिन्छ। रक्तअल्पता हुँदा मेवाले औषधिको काम गर्छ। काँचो मेवाको तरकारी र पाकेको मेवा दिनमा २ ÷ ३ टुक्रा खाँदा सुत्केरीको दुध बढाउँछ। शरीरमा रगतको मात्रा वृद्धि गर्छ। यसले आँखालाई समेत फाईदा पुर्याउँछ। र, रतन्धो हुनबाट जोगाउँछ।
मेवामा पाईने विशेष तत्वले घाउमा भएका मृत कोषिकाहरूलाई हटाउँछ र घाउलाई निको पार्छ। यसका लागि केही दिनको समय भने लाग्छ। घाउलाई पहिले सफा गरेर मृत कोषहरू हटाउनुपर्छ। घाउमा पीप छ भने बिरामीलाई दिनको २-३ घण्टामा दाँया बाँया कोल्टो पारेर सुताउनुपर्छ। त्यसपछि कीटाणुरहित सफा पातलो कपडाई काँचो मेवाबाट निस्कने सेतो दुधजस्तो पदार्थमा भिजाएर घाउमा राख्नुपर्छ। यो क्रिया दिनदिनै गर्नुपर्छ। घाउ गहिरो छ भने दिनको १-२ चोटी दोहोर्याउनुपर्छ। साथै बिरामीलाई कोल्टे फर्काउनुपर्छ। पाकेको मेवाको गुदीलाई मिचेर अनुहारमा केहीबेर दल्ने र एक छिन राखेर धुने गरेमा अनुहारमा चमक ल्याउछ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया