

रोनाल्डो १३ वर्षपछि फर्किँदै छन् पुरानो क्लब म्यानचेस्टर युनाइटेड



म्यानचेस्टर सिटीलाई उछिन्दै म्यानचेस्टर युनाइटेडले आफ्ना पुराना खेलाडी क्रिष्टियानो रोनाल्डोलाई ल्याउने भएको छ ।
झण्डै १३ वर्षपछि रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किने निश्चित भएको हो । उनलाई ल्याउने सम्बन्धमा इटालियन क्लब युभेन्टससँग सहमति भएको म्यानचेस्टर युनाइटेडले जनाएको छ ।
३६ वर्षका रोनाल्डोका लागि युनाइटेडले १२.८ मिलियन पाउण्ड तिर्ने भएको हो । सम्झौताका लागि व्यक्तिगत शर्तहरु, भिसा तथा मेडिलकको कामहरु भइरहेको पनि जनाइएको छ ।
सन् २००९ मा रियल मड्रिड जानु पूर्व रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि २९२ गोलमा ११८ गोल गरेका थिए । सन् २०१८ मा रियल मड्रिडबाट उनी इटालियन क्लब युभेन्टस गएका थिए ।
म्यानचेस्टर युनाइटेडले वक्तव्य जारी गरेर रोनाल्डोलाई स्वागत गर्नका लागि क्लबका सबै आतुर रहेको उल्लेख गरेको छ ।
म्यानचेस्टर सिटी र रोनाल्डोबिच अनुबन्धनका सम्बन्धमा व्यक्तिगत शर्तहरु सहमति भइसकेको भन्दै उनी सो क्लबमा अनुबन्धित हुने सम्भावना रहेको बताइएको थियो ।
तर उनी आफूले झण्डै १३ वर्ष पहिले छोडेको क्लब फर्किने भएका हुन् ।
यसअघि ६ वर्ष युनाइटेडमा बिताउँदा उनले तीनपटक प्रिमियर लिग, एकपटक च्याम्पियन्स लिग, दुईपटक लिग कप र एकपटक एफए कपको उपाधि जितेका थिए । यस्तै फिफा क्लब वर्ल्ड कप तथा कम्युनिटी सिल्ड पनि जितेका थिए ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया