
विश्वभर कोरोना भाइरसबाट ४४ लाख ६१ हजारकाे मृत्यु

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४४ लाख ६१ हजार ७७० जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २१ करोड ३८ लाख ४ हजार २७९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ६ लाख ३२ हजार २२३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ७६ हजार ६४५ जनाले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ३५ हजार ७५८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
यसैगरी मेक्सिकोमा २ लाख ५४ हजार ४४६, पेरुमा १ लाख ९७ हजार ९४४, रुसमा १ लाख ७५ हजार ३२८, बेलायतमा १ लाख ३२ हजार ३२३, इटालीमा १ लाख २८ हजार ९१४ र कोलम्बियामा १ लाख २४ हजार ४७४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया