

नेपाल भ्रमण गर्ने विदेशी विशिष्ट अतिथिका लागि राजकीय अतिथि गृह बन्ने



नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ ।
ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपियाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो ।
सो अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसकेको जानकारी सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक दिलीपशेखर श्रेष्ठले दिए ।
श्रेष्ठले भने, “विभिन्न मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरूद्वारा समयसमयमा हुने नेपाल भ्रमणको क्रममा उहाँहरूलाई कुनै होटलमा नराखी राज्यकै स्वामित्वमा रहेको अतिथि गृहमा बसोबासको व्यवस्था गर्ने गरी राजकीय अतिथि गृह निर्माण प्रक्रिया सुरु गरिएको हो ।”
उनले अगाडि भने, “विदेशबाट यहाँ आउने पाहुनालाई राख्ने अहिले राज्यको कुनै उच्च सुविधासम्पन्न अतिथि सदन छैन । मात्र होटलमा राख्नुपर्ने अवस्था छ । त्यसैले सुविधायुक्त अत्याधुनिक राजकीय अतिथि गृह निर्माण गर्न लागिएको हो । यो अतिथि गृह अहिलेसम्मकै सबभन्दा अत्याधुनिक हुने छ ।”
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया