

बेहुली लिन जाँदै गर्दा चट्याङ्ग लागेर १७ जनाको ज्यान गयो, बेहुलासहित १७ जना घाइते

काठमाण्डाै
बङ्गलादेशमा चट्याङ्ग लाग्दा १७ जनाको ज्यान गएको छ । बेहुलासहित १४ जना घाइते भएका छन् ।
बङ्गलादेशको शिवगञ्जमा बेहुली लिन गएका बेला परेको चट्याङ्ग लागेर १७ जनाको ज्यान गएको र १४ जना घाइते भएका बीबीसीले जनाएको छ ।
डुङ्गाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङ्गले लागेको खबरमा उल्लेख छ । प्रत्यक्षदर्शीका अनुसार एकैपटक धेरै चट्याङ्ग खसेको थियो । बङ्गलादेशमा हरेक वर्ष चट्याङ्गले ठूलो जनधनको क्षति हुने गरेको छ ।
सन् २०१६ को मे महिनामा बङ्गालादेशमा एकैदिन चट्याङ्ग लागेर ८२ जनाको ज्यान गएको थियो भने त्यो महिनाभर चट्याङ्गबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय नाघेपछि सरकारले चट्याङ्गलाई प्राकृतिक विपत्ति घोषणा गरेको थियो।
दक्षिण एसियामा हरेक वर्ष प्राकृतिक विपत्तिमा परेर सयौँको ज्यान जाने गरेको छ ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया