

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


काठमाडौं
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, जिडेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोल, जिडेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ ।
२ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ कायम भएको छ । हवाई इन्धन अन्तर्राष्ट्रि उडाको मूल्य प्रति किलोलिटर २० अमेरिकी डलर र हवाई इन्धन आन्तरिक उडानको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।
आयल निगमले करिब १८ दिनकै अवधिमा पुनः इन्धनको मूल्य बढाएको हो । यसअघि गत जेठ २३ गतेदेखि लागू हुने गरी पनि निगमले इन्धनको मूल्य २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको थियो ।
फेरि मूल्य बढाउँदा पनि निगमले घाटा नै रहेको बताएको छ । हाल पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ५३ पैसा घाटा रहेको निगमको भनाइ छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया