

प्रधानमन्त्रीजी, राजीनामा दिएर नयाँ सरकार गठनको बाटो प्रशस्त गर्नुहोस्- प्रचण्ड




काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेका छन्।
सोमबार संसद भवनमा प्रधानमन्त्रीले विश्वासको मत मागेको बैठकमा सम्बोधन गर्दै दाहालले ओलीलाई राजीनामा दिन सुझाएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन फेरि आह्वान गरेका छन्। आफूले डेढ वर्ष अगाडिबाट नै सर्वदलीय संयन्त्र बनाउन आग्रह गरिरहे पनि अहिलेसम्म कुनै पहल नभएको उनले बताए।
सोमबार सदनमा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावको विपक्षमा बोल्दै अध्यक्ष प्रचण्डले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएपछि पनि आफूले राजीनामा दिन सुझाएको स्मरण गराए। ‘मैले त्यतिबेला पनि उदाहरण दिँदै भनेको थिएँ, इनफ इज इनफ, प्रधानमन्त्री ओलीले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्नु नै उपयुक्त हुन्छ,’ उनले भने ।
उनले ओली सरकारलाई समर्थन आफैंले गरेको बताउँदै उनले संघीयता क्षतविक्षत पारिएको र संविधानलाई कोरोना लागेर आइसीयूमा उपचार गराइरहेजस्तो देखिन पुगेको भन्दै चिन्ता व्यक्त गरे।
धेरै प्रतिकुलताकाबीच संविधान बनाएर देशमा निर्वाचन भएको, बाम गठबन्धन भएको, कम्युनिष्ट पार्टीको एकता भएको स्मरण गर्दै प्रचण्डले भने, ‘गठबन्धनको प्रस्ताव लिएर जाने म नै हो। उहाँलाई प्रधानमन्त्रीको प्रस्ताब गर्ने पनि म मै हो र सरकरका गतिबिधिले संबिधानलाई पनि कोरोना लागे जस्तो भयो । आइसियुमा लागेर जस्तो स्थिति आएको छ ।’








प्रतिक्रिया