

जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ : रामकुमारी झाँक्री

काठमाडौं
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताउँदै राजनीतिक विषयमा उधारो संझौता पनि हुन नसक्ने उल्लेख गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रमको पूर्वसन्ध्यामा माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन दौडधूप गरिरहेका बेला नेतृ झाँक्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले युद्धमा होमिएका क्रान्तिकारीहरुको निम्ति विजय र मृत्युको बराबर सम्भावना हुने पनि उल्लेख गरेकी छिन् ।
आजै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भइरहेको वार्ता सहमति नजिक नपुगेको उल्लेख गरेका छन् ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले ब्यूँताइदिएपछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा पार्टीको केन्द्रीय कमिटि बिस्तार गरेपछि विवाद चर्कंदै गएको थियो भने नेपाल पक्षले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया