नेकपा माओवादी केनद्रको बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार समर्थन फिर्ता लिएको औपचारिक पत्र बुधबार संसद सचिवालयमा बुझाउन लागिएको माओवादी केन्द्रका एक नेताले बताउनु भएको छ ।
सर्वोच्च अदालतले नेकपा विभाजन हुने गरी फैसला सुनाएपपिछ माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।











प्रतिक्रिया