राष्ट्रियसभामा एमाले संसदीय दलको नेता प्याकुरेल

काठमाण्डाै

नेपाल कम्युनिस्ट पार्टी एमालेको नेपाल–खनाल समूह संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । प्रधानमन्त्री, पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाउनुभएको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बस्दै छ । बिहीवार पार्टी अध्यक्ष ओलीले संसदीय दलकाे बैठक आह्वान गर्नुभएकाे हाे ।

संसदीय दलको बैठक बस्नुअघि बसेको खनाल–नेपाल समूहको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निष्कर्ष निकालेको हो । यस्तै खनाल–नेपाल समूहको बैठकले पार्टीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक माग गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

खबर सबै