

भारतका १८ राज्यमा कोरोनाको ‘डबल म्यूटेन्ट’ भेरियन्ट भेटियो

काठमाडौं
भारतको १८ राज्यमा कोरोना भाइरसका एउटा नयाँ ‘डबल म्यूटेन्ट’ भेरियन्ट भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।
साथै मन्त्रालयले हालसम्मको आँकडाले देशमा कोरोनाको बढ्दो संक्रमण र नयाँ भाइरसको कुनै सम्बन्ध छ छैन भनेर स्पष्ट जानकारी प्राप्त नभएको पनि बताएको छ ।
कोरोना भाइरसको यो नयाँ भेरियन्ट विदेशमा पनि भेटिइसकेको छ । पछिल्ला केही दिनदेखि विश्वका अन्य मुलुकसमेत भारतमा कोरोनाको संक्रमण एकपटक पुनः तीब्र रुपमा बढिरहेको छ । साथै, नेपालमा पनि कोरोनाका संक्रमित बढ्ने क्रम जारी छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको यो नयाँ किसिम हालसम्म खासै धेरै भेटिएको छैन । यद्यपि, यो नयाँ किसिमको भाइरसले शरीरको प्रतिरोधी प्रणालीबाट बचेर संक्रमण बढाउने गरेको पनि बताइन्छ ।
भाइरसको यो म्यूटेशन करिब १५ देखि २० प्रतिशत नमूनामा पाइएको छ । चिन्ताको विषय यो छ कि यी नमूना पहिलाको भेरियन्टसँग मेल खाँदैन ।
महाराष्ट्रमा भेटिएको नमूनाको विश्लेषण पश्चात् पत्ता लागेअनुसार डिसेम्बर सन् २०२० को तुलनामा नमूनामा ई४८४क्यू र एल४५२आर म्युटेशनको अंशमा बढोत्तरी भएको छ ।
अन्तरराष्ट्रिय यात्री भारतमा आएका बेला र अन्य रोगीबाट लिइएको नमूनाको जिनोम सिक्वेन्सिङ र यसको विश्लेषणपश्चात् यस्तो किसिमका संक्रमितको संख्या १० भेटिएको जानकारीमा उल्लेख छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया