नेपाल समूहकाे ज्ञापनपत्र, गुटको प्रस्ताव स्वीकारिँदैन : ओली

काठमाडौं

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका तीन सांसद ज्ञापनपत्र लिएर बालुवाटार पुगेका छन् ।सोम पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार ज्ञापनपत्र लिएर बालुवाटार पुगेका हुन् ।

तीन सांसदले ल्याएको ज्ञापनपत्र बुझेपछि दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा कुरा राख्न आग्रह गरे । ‘कुनै गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव स्वीकारिँदैन । व्यक्तिगत ढंगले आएर आफ्नो कुरा राख्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने । ओलीले बोलाएको दलको बैठकमा नेपाल समूह अनुपस्थित छन् ।

प्रतिक्रिया

खबर सबै