
माधव-झलनाथ पक्षकाे भेलामा नजान महासचिव पोखरेलको निर्देशन

काठमाडाैं
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले बोलाएको राष्ट्रिय भेलामा आफ्ना नेता/कार्यकर्ताहरूलाई सहभागी नहुन निर्देशन दिनुभएकाे छ ।
ओली पक्षका नेतासमेत रहेका महासचिव पोखरेलले मंगलबार विज्ञप्ति जारी गरी राष्ट्रिय भेला बोलाइएकोप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको भन्दै नेता/कार्यकर्ताहरूलाई भेलामा सहभागी नहुन निर्देशन दिनुभएकाे हाे ।
नेपाल-खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएपछि ओली पक्षले भेलालाई अनधिकृत गुट भेलाको संज्ञा दिएको छ ।
‘अनधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागि नहुने नेकपा एमाले सबै कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ,’ ओली पक्षका नेता पोखरेलद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवम् नियमावली बमोजिम हुने कुरा स्पष्ट गरिन्छ।’
फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले ब्युँतिने फैसला गरेपछि ओली र खनाल-नेपाल पक्षले छुट्टाछुट्टै रूपमा गतिविधि गर्दै आएका छन्।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया