
ओली र माधव नेपालबीचको छलफल सकियो, कुरा सकारात्मक तथा निष्कर्ष बिहिन’


काठमाण्डाै
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीमा देखिएका समस्याका विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएकाे उपाध्यक्ष भीम रावलले. जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय भेला स्थगित गर्न आग्रह गरे पनि नेपाल समूहले भने आफ्ना पूर्ववत् कार्यक्रम यथावत् रहने अडान राखेका छन् । माधव नेपाल पक्षले अध्यक्ष अोलीले फागुन २८ गते गरेका पदाधिकारी खारेज गर्ने र विभिन्न प्रदेश तथा सङ्गठनमा नयाँ नियुक्त गरेका निर्णय तत्कालै फिर्ता लिन माग गरेको छ । त्यसमा छलफल गर्न सकिने अध्यक्ष ओलीले आश्वासन दिनुभएको छ ।
आफूहरूले पार्टी एकताबद्ध भएर अघि बढाउन चाहेको तर ओली पक्षले त्यसतर्फ ध्यान नदिएको र सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ सालको जेठ तीन गतेअघिकै अवस्थामा फर्कन नमानेको रावलको भनाइ छ । यस्तै अध्यक्ष केपी शर्मा ओलीले भोलि (मङ्गलवार) का लागि बोलाएको कार्यकर्ता भेला र चियापान समारोह तथा केन्द्रीय कमिटीको बैठकसमेत स्थगित गर्न नेपाल समूहले माग गरेको छ ।
‘पहिले २८ गतेको निर्णय स्थगित गर्नुहोस्, त्यसपछि साझा रूपमा केन्द्रीय कमिटीको बैठक बोलाऔँ, तपाईँहरूले एकलौटी रूपमा गरेका निर्णय स्थगित गर्नुभयो भने हामीले पनि हाम्रो तर्फबाट गर्ने भनिएका कार्यक्रम स्थगित गर्छाैँ भनेका छौँ’, रावलले भन्नुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया