

युरोपा लिग फुटबलमा आर्सनल विजयी


काठमाडौं
युरोपा लिग फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको छ।
गएराति भएको खेलमा ओलम्पियाकोसलाई ३–१ गोलअन्तरले पराजित गर्दै आर्सनलले क्वाटरफाइनल प्रवेशको संभावना बलियो बनाएको हो। आर्सनलका लागि मार्टिन ओएडेगार्डले ३४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। ५८ औं मिनेटमा ओलम्यिाकोसका युसेफ अल अरबीले गोल गर्दै खेल बराबरीमा ल्याए। ८० औं मिनेटमा गाब्रिएल र ८५ औं मिनेटमा मोहम्मद इल्नेनीले गोल गर्दै आर्सनललाई ३–१ गोलको जित दिलाएका हुन्।
दोस्रो लेगमा दुई टिमबीच आगामी विहीबार प्रतिष्पर्धा हुनेछ। गएराति नै भएका प्रिक्वाटरफाइनलको पहिलो लेगमा ग्रानाडाले मोल्देलाइ २–०, रोमाले सख्तर डोनेस्कलाई ३–० र टोटेनहम हट्स्परले डाइनामो जाग्रिबलाई २–० ले पराजित गरेका छन।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया