

उपचारका लागि भारत जादैँ बाबुराम भट्टराई



काठमाण्डाै
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाँदै हुनुहुन्छ ।
उहाँ नेपाल वायुसेवाको विमानबाट भारतको नयाँ दिल्ली जान लाग्नु भएको हो । उहाँको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाण्डाैको निदान अस्पतालमा परीक्षण तथा उपचार हुँदै आएको थियो ।
डाक्टरले न्यूरोइन्डोक्राइनको ट्युमर भएको आशङ्का गरेकाले उपचारका लागि भट्टराई दिल्ली जान लाग्नुभएको उहाँका उहाँका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
दिल्लीमा उहाँको उपचार ’इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उहाँको बसाइ त्यहाँ रहेको नेपाली दूतावासमा हुनेछ ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया