
प्रचण्ड-माधव समूहको विरोधसभालाई १४ नेताले सम्बोधन गर्ने


काठमाडौं
नेकपा (प्रचण्ड-माधव) समूहले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई १४ जना नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
संसद विघटनको विरोधमा आयोजित सभालाई अध्यक्ष प्रचण्ड र माधव नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रघु जी पन्त, देव गुरुङ, जनार्दन शर्माले सम्बोधन गर्ने छन् ।
यसैगरी सन्तकुमार चौधरी, रामचन्द्र झा, रामकुमारी झाँक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखे पनि आजको सभाको वक्ता तोकिएका छन् ।
विरोधसभाको अध्यक्षता हितबहादुर तामाङले गर्ने छन् । सभाको सन्चालन लीलामणि पोखरेलले गर्ने छन् भने स्वागत मन्तव्य जीवनराम श्रेष्ठले राख्ने छन् ।
विरोधसभा अघि प्रचण्ड-माधव समूहले पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशर महल र जमलबाट जुलुस निकालेको छ । जुलुस सुन्धारा हुँदै भृकुटीमण्डप पुगेर विरोधसभा परिणत हुने छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया