
प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा छन : जसपा


कपिलवस्तु, माघ ३
जनता समाजवादी पार्टी नेपालका कार्यकारीणी समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र सङ्घीयता विरोधी व्यक्ति भएको आरोप लगाएका छन ।
कपिलवस्तुको तौलिहवामा जनता समाजवादी पार्टीद्धारा आयोजित प्रतिनिधिसभा विघटन विरुद्ध विरोद प्रदर्सन तथा सभालाई सम्बोधन गर्दै यादवले प्रधानमन्त्री ओलीले सुरु देखि गणतन्त्र र सङ्घीयता विरोधी रहेको दाबी गरे । प्रधानमन्त्री ओलीले सङ्घीयता र गणतन्त्रलाई समाप्त पार्न प्रतिनिधिसभा विघटन गरेको यादवले आरोप लगाए ।
’प्रधानमन्त्री ओलीलाई सुरुदेखि गणतन्त्र र सङ्घीयता मनपर्दैन । उनले सुरुमै भनेका थिए नेपाल जस्तो देशमा गणतन्त्र र सङ्घीयता टिक्दैन । तर हामीले आज देशलाई सङ्घीय गणतन्त्र बनाएका छौँ । त्यही नपचेर उनले प्रतिनिधिसभा विघटन मार्फत सङ्घीयता र गणतन्त्रलाई सम्पात पार्न खोज्दै छन्,’ यादवले भने ।’ सरकारसँग दुई तिहाईको बहुमत हुँदाहुँदै पनि संसद् विघटन हुनु दुर्भयपूर्ण भएको बताउँदै यादवले ओलीको कदम जनताको मनोभावना, सङ्घीयता, गणतन्त्र, लोकतन्त्र र संवैधानिक सर्वोच्चतामाथि कुठाराघात भएकोले दुःख व्यक्त गरे ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्धमा संघर्ष जारी नै रहने बताए । उनले सरकार थप अन्य कुनै गलत कदम नउठाओस् भन्नका लागि खबरदारी स्वरुप संघर्ष जारी रहने बताएका हुन् । नेता झाले सर्वोच्च अदालत अहिले एक मात्र आशा र भरोसाको केन्द्र रहेको बताउँदै सर्वोच्चमाथि लोकतन्त्र जोगाउने कार्यभार आएको जिकिर गरे । ‘सर्वोच्चले संविधानको मर्म अनुरुप नै संसद पुनःस्थापनको मुद्दामा फैसला गर्नेछ भन्ने हाम्रो विश्वास हो,’ उनले भने ।
प्रधानमन्त्री संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा अग्रसर रहेको आरोप लगाउँदै यसलाई किमार्थ पनि आफूहरु स्वीकार गर्न नसक्ने बताए । कोरोनाको महामारीको बेला खोपको जोहो गर्न छोडेर राजनीतिक अस्थिरता कायम गर्न खोज्नु भनेको प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा रहेको उनले बताए । उनले मुलुकमा बढेको भ्रष्टाचारी, कालोबजारी, महँगी, कुशासनको सम्पूर्ण नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने धारणा राखे ।
शैलेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेता रबि दत्त मिश्रा, नारायण खनाल, अमृता अग्रहरी, ईकबाल मुसलमान दान बहादुर चोधरी कालीपद शर्मा, कैलाश अग्रहरी लागतयलृे मन्तब्य दिएका थिए ।
जसपा नेपालद्वारा सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्ध देशको प्रमुख शहरहरुमा भैरहेको दोस्रो चरणको विरोध प्रदर्शन र बिरोधसभा कार्यक्रम अन्तर्गत पुस २५,२७ र २९ गते यशअसि नौ स्थानमा विशाल सभाहरु आयोजना भइसकेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया