

प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा छन : जसपा




कपिलवस्तु, माघ ३
जनता समाजवादी पार्टी नेपालका कार्यकारीणी समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र सङ्घीयता विरोधी व्यक्ति भएको आरोप लगाएका छन ।
कपिलवस्तुको तौलिहवामा जनता समाजवादी पार्टीद्धारा आयोजित प्रतिनिधिसभा विघटन विरुद्ध विरोद प्रदर्सन तथा सभालाई सम्बोधन गर्दै यादवले प्रधानमन्त्री ओलीले सुरु देखि गणतन्त्र र सङ्घीयता विरोधी रहेको दाबी गरे । प्रधानमन्त्री ओलीले सङ्घीयता र गणतन्त्रलाई समाप्त पार्न प्रतिनिधिसभा विघटन गरेको यादवले आरोप लगाए ।
’प्रधानमन्त्री ओलीलाई सुरुदेखि गणतन्त्र र सङ्घीयता मनपर्दैन । उनले सुरुमै भनेका थिए नेपाल जस्तो देशमा गणतन्त्र र सङ्घीयता टिक्दैन । तर हामीले आज देशलाई सङ्घीय गणतन्त्र बनाएका छौँ । त्यही नपचेर उनले प्रतिनिधिसभा विघटन मार्फत सङ्घीयता र गणतन्त्रलाई सम्पात पार्न खोज्दै छन्,’ यादवले भने ।’ सरकारसँग दुई तिहाईको बहुमत हुँदाहुँदै पनि संसद् विघटन हुनु दुर्भयपूर्ण भएको बताउँदै यादवले ओलीको कदम जनताको मनोभावना, सङ्घीयता, गणतन्त्र, लोकतन्त्र र संवैधानिक सर्वोच्चतामाथि कुठाराघात भएकोले दुःख व्यक्त गरे ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्धमा संघर्ष जारी नै रहने बताए । उनले सरकार थप अन्य कुनै गलत कदम नउठाओस् भन्नका लागि खबरदारी स्वरुप संघर्ष जारी रहने बताएका हुन् । नेता झाले सर्वोच्च अदालत अहिले एक मात्र आशा र भरोसाको केन्द्र रहेको बताउँदै सर्वोच्चमाथि लोकतन्त्र जोगाउने कार्यभार आएको जिकिर गरे । ‘सर्वोच्चले संविधानको मर्म अनुरुप नै संसद पुनःस्थापनको मुद्दामा फैसला गर्नेछ भन्ने हाम्रो विश्वास हो,’ उनले भने ।
प्रधानमन्त्री संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा अग्रसर रहेको आरोप लगाउँदै यसलाई किमार्थ पनि आफूहरु स्वीकार गर्न नसक्ने बताए । कोरोनाको महामारीको बेला खोपको जोहो गर्न छोडेर राजनीतिक अस्थिरता कायम गर्न खोज्नु भनेको प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा रहेको उनले बताए । उनले मुलुकमा बढेको भ्रष्टाचारी, कालोबजारी, महँगी, कुशासनको सम्पूर्ण नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने धारणा राखे ।
शैलेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेता रबि दत्त मिश्रा, नारायण खनाल, अमृता अग्रहरी, ईकबाल मुसलमान दान बहादुर चोधरी कालीपद शर्मा, कैलाश अग्रहरी लागतयलृे मन्तब्य दिएका थिए ।
जसपा नेपालद्वारा सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्ध देशको प्रमुख शहरहरुमा भैरहेको दोस्रो चरणको विरोध प्रदर्शन र बिरोधसभा कार्यक्रम अन्तर्गत पुस २५,२७ र २९ गते यशअसि नौ स्थानमा विशाल सभाहरु आयोजना भइसकेको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया