ओली भन्छन निर्वाचन आयोगले प्रचण्ड माधव पक्षले आयोगमा दिएको निवेदन फिर्ता गयो, निर्वाचन आयोग भन्छ फिर्ता गरेको कुरा झुठो

काठमाडौं, पुस १७

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रचण्ड माधव पक्षले आयोगमा दिएको निवेदन फिर्ता गरेको भन्ने अभिब्यक्ति निर्वाचन आयोगले खण्डन गरेको छ ।  प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड नेपाल पक्षको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएका  थिए ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निवेदन फिर्ता नभएको बताए ।  उनले भने ‘कसले भन्यो आयोगमा आएको निवेदन फिर्ता भयो भनेर ? दर्ता भएको निवेदनपनि फिर्ता हुन्छ ?’ उनले प्रधानमन्त्रीले भाषणका क्रममा के भने सो थाहा नभएको र आयोगले फिर्ता गर्ने कुरा नभएको उनले बताए ।

उनले भने– ‘भाषणको कुरा सोधेर नी हुन्छ, मानिलिँउ तपाईले हामीलाई अहिले एउटा निवेदन दिनुभयो भने के त्यो फिर्ता हुन्छ ? कहाँ फिर्ता हुन्छ ? आयोगमा आएर दर्ता भएको चिज रहिरहन्छ ।’ गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि दुई पक्षमा विभाजन भएको नेकपाका प्रचण्ड–नेपाल पक्षले आफ्नो आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । त्यसमाथि छानविन भइरहेको आयोगले जनाएको छ ।

प्रचण्ड-नेपाल पक्षको निवेदन निर्वाचन आयोगले फिर्ता गरेको ओलीको दावी

प्रधानमन्त्री केपी केपी शर्मा ओलीले नेकपामा आएको विवादपछि आधिकारिकताका लागि प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको दावी गरेका छन् ।

शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको, कानुन उल्लेख नभएको, फिर्ता पठाएको छ हिजो’ ओलीको भनाइ थियो ।

उनले सूर्य चिन्ह पनि आफ्नै भएको भन्दै कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरे । ‘सूर्य चिन्ह २०४८ देखि हाम्रो हो, एक दुई जना मान्छे छोड्दैमा सूर्य कहिँ जाँदैन । सूर्य चिन्ह हामीसँगै छ, बहुमत हामीसँगै छ’ ओलीले भने, ‘चुनावै हुँदैन चाहिँदैन भन्नेलाई किन चाहियो सूर्य चिन्ह ?’ यसैबीच निर्वाचन आयोगले भने ओलीको दावीबारे केही बताएको छैन ।

प्रतिक्रिया

खबर सबै