

साहित्यकार घिमिरेद्धारा जन्म दिनको अवसरमा गुरुकुलमका बटुकलाई भोजन




कपिलवस्तु, मंसिर २७
जन्म दिनको अवसरमा होटल तथा रेष्टुरेण्ट धेरै व्यक्ति जम्मा गरी फजुल खर्च गर्ने प्रवृत्तिलाई तोड्दै दधि स्मृति साहित्य समाज कपिलवस्तुका कोषाध्यक्ष, विभिन्न संघ संस्थामा आवद्ध रहेका युवा कवि तथा साहित्यकार लेखनाथ घिमिरले मनकामना संस्कृत विद्यापिठ (गुरुकुलम) बाणगंगा २ नन्दनगर कैलाश आश्रम कपिलवस्तुका बटुकलाई भोजन गराएका छन् । जन्मोत्सवमा धेरै व्यक्तिलाई जम्मा गरेर फजुल खर्च गर्ने पश्चिमी प्रचलनको अन्त्य गर्ने उद्देश्यले साहित्यकार घिमिरेले आश्रमका १ सय भन्दा बढी बटुकहरुलाई भोजन गराएका हुन् । उनले जन्मोत्सवमा अनावश्यक खर्च गर्नुभन्दा समाजमा सकारात्मक प्रभाव पर्ने कार्य गर्नुपर्ने बताउँदै सबैले सामाजिक कार्य गर्न आग्रह गरे । घिमिरेले आफ्नो सानो प्रयासले सो कार्य गर्न पाउँदा गर्व महशुस भएको बताएका थिए । साथै घिमिरेले हरेक जन्मोत्सवमा यस्तो कार्यक्रम गर्दै आएका छन् । कार्यक्रममा शुभकामना मन्तब्य दिंदै हर्ट विट एफ. एमका अध्यक्ष धातानन्द भुसालले जन्मोत्सवमा उदारहणि कार्य गरी समाजका अन्य व्यक्तिहरुलाई पनि प्रेरणा तथा मार्गदर्शन गरेको बताए । उनले जन्म दिनको अवसरमा शुभकामना दिएका थिए ।
त्यस्तै गुरुकुलका गुरु युवराज बेल्बासे र कृष्ण पोख्रेलले जन्म दिनको शुभकामना व्यक्त गर्दै उदाहरणिय कार्य प्रति धन्यवाद व्यक्त गरेका थिए । साथै घिमिरे जस्ता समाजसेवी व्यक्तिले जस्तै सबैले सहयोग गरेमा गुरुकुलम सञ्चालन गर्न कठिन नहुने बताए ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया