राष्ट्रिय हिन्दु परिषद्का २२ जना राप्रपामा प्रवेश ।।

राष्ट्रिय हिन्दु परिषदका २२ जना पदाधिकारी तथा सदस्यहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्।
तौलिहवामा आज बसेको पार्टीको नियमित बैठकमा उनीरु पार्टी प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेहरुमा दिनेश कृष्ण श्रीवास्तव, दिवाकर शुक्ला, मनोज शुक्ला, जितेन्द्र कुर्मीलगायत २२ जना रहेका छन्। नव प्रवेशीहरुलाई जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले स्वागत गर्नु भएको थियो। आज भएको नियमित बैठकमा बोल्दै जिल्ला अध्यक्ष सिंहले मंसिर २९ गते नागरिक समाजले गर्न लागेको र्यालीमा सहभागी हुन पनि आव्हान गर्नु भएको छ। नारायण बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकमा, केन्द्रिय सदस्य दिनेश चन्द्र गुप्ता, नवप्रवेशी किरण श्रीवास्तव, विद्यार्थी कृष्ण पौडेल, रमाकान्त चौधरी, मनोज शुक्ला लगायतले मन्तव्य राखेका थिए। गणेश थापा र कान्ती पासी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

खबर सबै