बर्दियाका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

मंसिर २० काठमाडौं ।
बर्दियाका कोरोना संक्रमित पुरुषको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय बर्दियका अनुसार गुलरिया नगरपालिका(७ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पतालमा शनिबार बिहान २ः१५ बजे मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंसिर ८ गते भेरी अस्पतालमा उनको स्वाब संकलन गरिएकोमा मंसिर १० गते रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई मंसिर ११ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । रेमडेसिभिरका साथै प्लाज्मा थेरापी विधिबाट उनको उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै