

बर्दियाका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु



मंसिर २० काठमाडौं ।
बर्दियाका कोरोना संक्रमित पुरुषको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय बर्दियका अनुसार गुलरिया नगरपालिका(७ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पतालमा शनिबार बिहान २ः१५ बजे मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंसिर ८ गते भेरी अस्पतालमा उनको स्वाब संकलन गरिएकोमा मंसिर १० गते रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई मंसिर ११ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । रेमडेसिभिरका साथै प्लाज्मा थेरापी विधिबाट उनको उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल







प्रतिक्रिया