
बाणगंगा यातायात व्यवसायी समितिको १५ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट नया कार्यसमिति चयन पुनःअध्यक्षमा बिष्णु प्रसाद न्यौपाने

बाणगंगा यातायात व्यवसायी समितिको अध्यक्षमा पुनः बिष्णु प्रसाद न्यौपाने चयन भएका छन् भने महासचिवमा पुनः लक्ष्मण भुसाल चयन भएका छन । बाणगंगा यातायात व्यवसायी समितिको १५ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट आज नया कार्यसमिति चयन भएका छन ।
बाणगंगाको बैरियामा रहेको मायादेवि रिर्सोटमा भएको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा बिष्णु प्रसाद पौडेल, उपाध्यक्ष बुद्धि भुसाल, यधा क्षेत्रि, दिनेश श्रेष्ठ, महासचिवमा लक्ष्मण भुसाल, सचिवमा कमल क्षेत्रि, कोषाध्यक्षमा संदिप भुसाल चयन गरेको छ । त्यस्तै सदस्यहरुमा कृष्ण कार्कि, दिपक श्रीस, मिन केसि, तोरन थापा, नारायण गिरीलाइ चयन गरेको छ ।
त्यस्तै आजै चयन भएका कार्य समितिले लेखा समितिको संयोजकमा कमल घिमिरे सदस्यहरुमा नेत्र प्रसाद पौडेल र प्रदिप जिसिलाई चयन गरेको छ ।कार्यक्रम बिष्णु प्रसाद न्यौपानेको अध्यक्षता, नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन महासचिव लक्ष्मण भुसालले गरेका थिए । अधिवेशनले आज बिधान संशोधन गरेको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया