आँखामा खुर्सानीको धुलो हाली गहना लुट्ने एक जना कपिलवस्तुबाट पक्राउ

मंसिर १९ कपिलवस्तु ।
कपिलवस्तुमा आँखामा खुर्सानीको धुलो हाली कानमा लगाएका सुनको गहना लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु महाराजगन्ज नगरपालिका–३ निवासी २८ वर्षीय रामवृक्ष खटिक रहेका प्रवक्ता बैदवारले जानकारी दिए।
उनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा फेला पारी शंकाका आधारमा सोधपुछ गर्दा उनको साथबाट एक जोर सुन टप (झुम्का) समेत फेला परेपछि उनलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ।
घटनाबारे इलाका प्रहरी महाराजगन्ज कपिलवस्तुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
महाराजगन्ज नगरपालिका–३ चौहट्टी बस्ने करिब ५० वर्षीया सारजहा मनिहार घरदेखि दक्षिण पश्चिम करिब ५०० मिटर टाढा अरहर खेतमा शौचालय गरिरहेको अवस्थामा बुधबार बिहान करिब ८ बजेतिर आखाँमा खुर्सानीको धुलो हाली कानमा लगाएको एक जोर सुनको टप लुटेका थिए।

प्रतिक्रिया

खबर सबै