
मन्त्री ढकालले भने नयाँ मन्त्रीलाई केही थाहा छैन भनेर नझुक्याउनु होला


काठमाडौँ, पुस १४
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गर्नुभएको छ ।
नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका कर्मचारीहरुबाट ब्रिफिङ लिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नयाँ मन्त्रीलाई केही थाहा छैन र हामीले भनेको मान्छ भन्ने आधारमा सही कुरालाई बेठिक ढंगले सल्लाह नदिन आग्रह गर्नुभएको हो । ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न नडराउन समेत आग्रह गर्नुभयो ।
यस्तै मन्त्रीले गर्ने काम र निर्णयहरु कर्मचारीले दिने सुझावमा भर पर्ने भएकाले पनि राम्रो नतिजा निकाल्नका लागि ठिक सुझावमात्रै दिन आग्रह गर्नुभएको हो । मन्त्री ढकालले यसअघि भएका सबै राम्रा कामलाई निरन्तरता दिने समेत बताउनुभयो ।
परिवर्तित राजनीतिक घटनाक्रमका कारण प्रतिनिधिसभा नभएको अवस्थामा नयाँ कानुन निर्माण गर्न नसकिने भएकाले कानुनी सुधारभन्दा पनि अन्य विषयमा केन्द्रीत भएर काम गर्न पनि मन्त्री ढकालले आग्रह गर्नुभयो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया