

मन्त्री ढकालले भने नयाँ मन्त्रीलाई केही थाहा छैन भनेर नझुक्याउनु होला




काठमाडौँ, पुस १४
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गर्नुभएको छ ।
नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका कर्मचारीहरुबाट ब्रिफिङ लिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नयाँ मन्त्रीलाई केही थाहा छैन र हामीले भनेको मान्छ भन्ने आधारमा सही कुरालाई बेठिक ढंगले सल्लाह नदिन आग्रह गर्नुभएको हो । ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न नडराउन समेत आग्रह गर्नुभयो ।
यस्तै मन्त्रीले गर्ने काम र निर्णयहरु कर्मचारीले दिने सुझावमा भर पर्ने भएकाले पनि राम्रो नतिजा निकाल्नका लागि ठिक सुझावमात्रै दिन आग्रह गर्नुभएको हो । मन्त्री ढकालले यसअघि भएका सबै राम्रा कामलाई निरन्तरता दिने समेत बताउनुभयो ।
परिवर्तित राजनीतिक घटनाक्रमका कारण प्रतिनिधिसभा नभएको अवस्थामा नयाँ कानुन निर्माण गर्न नसकिने भएकाले कानुनी सुधारभन्दा पनि अन्य विषयमा केन्द्रीत भएर काम गर्न पनि मन्त्री ढकालले आग्रह गर्नुभयो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया