
दाहालले भने केपी ओलीले संविधानमाथि प्रहार गरेर इतिहासमा कलंकको टीका लगाए


काठमाडौँ, पुस १४
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले संविधानमाथि प्रहार गरेर इतिहासमा कलंकको टीका लगाएको बताएका छन् । संसद् विघटनविरुद्धमा नेकपा (दाहाल–नेपाल) पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले संविधान र लोकतन्त्रमाथि घात गरेर ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका हुन् ।
दाहालले लोकतन्त्रमाथि घात गरे भनेर ओलीले पश्चताप नगरेसम्म जनताले उनलाई क्षमा नदिने पनि बताए । ‘संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर केपी ओलीले संसद विघटनको प्रस्ताव गर्नुभयो त्यो गलत छ । सदन भंग भएको छैन । हामी माननीय सदस्यहरु अहिले पनि जीवित छौं । भंग भएको त केपी ओलीको सरकार हो । संविधानविरोधी काम गरेर केपी ओलीले आफूले आफूलाई विघटन गराएका छन् । केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्,’ दाहालले भने, ‘त्यो कहिल्यै मेटिने छैन । जबसम्म केपी ओलीले पश्चताप गर्ने छैनन् । लोकतन्त्रमाथि मैले घात गरेँ । आफैं बनाएको संविधानको बलात्कार गरेँ । म अपराधी हुँ भन्ने छैनन् तबसम्म इतिहासले उनलाई माफी दिने छैन । नेपाली जनताले उनलाई क्षमा दिने छैनन् ।’
दाहालले ओलीको प्रतिगामी कदम विरुद्ध अहिले नै सडकमा आउनु पर्ला भन्ने नसोचेको पनि बताएका छन् । उनले ओली गणतन्त्र, संघीयताविरोधी भएको पहिला नै थाहा भए पनि यति छिट्टै उनको प्रतिगामी कदमविरुद्ध सडकमा आउनु पर्ला भनेर नसोचेको बताएका हुन् ।
वैशाखउता ओली प्रधानमन्त्री नरहने दाबी गर्दै दाहालले उनी राजनीतिक इतिहासमा पत्तासाफ हुने बताए ।
दाहालले पार्टीको वैधानिकता र झन्डाको विषयमा घामजस्तै छर्लंग रहेको भन्दै अदालत र निर्वाचन आयोगप्रति आफूहरुको आस र भरोषा रहेको बताए । अदालतको सम्मान गर्ने भन्दै दाहालले अन्तिम भरोषा भने जनता रहेको उल्लेख गरे । ‘ हामी अदालतको सम्मान गर्छौं । आसा गर्छौं । भरोसा गर्छौं । तर सबभन्दा बढी अन्तिम भरोसा नेपाली जनतामा हो ।’


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया